यो कस्तो प्रणाली हो र यसले कसरी नेपाल आएका विदेशी नागरिकको सूचना एकत्रित गर्छ भन्नेमा धेरैको चासो छ । यसलाइ हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

काठमाडौँ — अंग्रेजी नयाँ वर्षमा अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) को कार्यान्वयन सुरु गर्यो ।
यो कस्तो प्रणाली हो र यसले कसरी नेपाल आएका विदेशी नागरिकको सूचना एकत्रित गर्छ भन्नेमा धेरैको चासो छ । कतिपयले भने यो प्रणाली विदेशी नागरिकको निगरानी गर्न बनेको त होइन भन्ने प्रश्न समेत राखेका छन् । यही विषयलाई हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) किन सुरु गर्यो ?
यसरी एउटा प्रयोजन देखाएर नेपाल भित्रिने र त्यसपछि संगठित रूपमा ‘अपराध र अरू संदिग्ध गतिविधिमा विदेशी नागरिकको संलग्नता’ पुष्टि भए पनि नेपाल प्रवेश भएदेखि नै नियमन, निगरानी र व्यवस्थापनमा प्रभावकारी कदम नचालेकोमा सरकारको आलोचना भइरहेको थियो । यही समस्या सम्बोधन गर्न सरकारले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि नियमन, निगरानी, व्यवस्थापन र सहजीकरण गर्न पहिलो पटक ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस)’ कार्यान्वयनमा ल्याएको हो । प्रणालीमा संकलित विवरणलाई राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको सुरक्षा र अपराध अनुसन्धानमा प्रयोग गरिने विभागले जनाएको छ ।
