
काठमाडौँ —आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धनका लागि शीर्ष नेताहरूले वार्ता थालेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले छुट्टाछुट्टै भेटवार्तामा गठबन्धनको प्रयास थालेका हुन् ।जेन–जी आन्दोलनपछि पहिलो पटक आइतबार भेट्दै ओली र दाहालबीच ‘वान अन वान’ (एक्लाएक्लै) संवाद भएको छ । ‘नेपाली समाज भारत’ को कार्यक्रमका लागि दिल्ली उड्नुअघि दाहालले ओलीसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य र राष्ट्रियता स्वाधीनताको मुद्दामा छलफल गरेका हुन् । दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनबारे दुई नेताबीच छलफल भएको बताए । ‘समसामयिक राजनीतिक विषय विशेषगरी राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा सहकार्य गर्नेबारे दुई शीर्ष नेताबीच कुराकानी भयो,’ उनले भने, ‘फेरि छलफल गर्ने कुरा भएको छ ।’

